हरि उप्रेतीको ‘परेलीको इसाराले’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘परेलीको इसाराले मलाई बोलाउन...’ सार्वजनिक भएको छ । पूर्ण विष्ट र प्रविशा अधिकारीको स्वर, विकास चौधरीको संगीत र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोलाई पूर्ण विष्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?