गायक पाण्डेको निधन

Read Time = 1 min

काठमाडौं । गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराउँदै आउनुभएका गायक पाण्डेको बिहीबार काठमाडौंमा निधन भएको हो ।

रेडियो नेपालबाट गायन सुरु गर्नुभएका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिनुभएको छ । २०४२ सालमा रेडियो नेपालमा रेकर्ड भएको उहाँले गाएको ‘जिन्दगीले कहाँ ल्याइपु¥यायो...’ बोलको गीत चर्चित थियो । कुन्ति मोक्तानसँग गाएको ‘आँखामै राखेर...’ बोलको गीत र उहाँले प्रेम खड्कासँग गाएको ‘डालीमा डाली नाचेर हिँड्ने...’ बोलको लोक गीत पनि चर्चित थिए ।

उहाँले ‘मधुमास’ बोलको एल्बम निकाल्नुभएको थियो । उक्त एल्बममा समावेश अञ्जु पन्तसँग गाएको ‘त्यो मनमा फूलेको पिरतीको फूल कसको हो ?...’ बोलको गीत श्रोताहरूले धेरै रुचाएको गीतमध्येमा पर्दछ । पाण्डेका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?