हिरोको इ-स्कुटर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । हिरो मोटोकर्पले भारतमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पले इ-स्कुटर भिडा-भी १ शुक्रबार सार्वजनिक गरेको हो । दुई भेरियन्टमा भिडा-भी १ प्लस र भिडा-भी १ प्रोको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । एकपटक चार्ज गर्दा यी स्कुटर एक सय ६५ किलोमिटरसम्म चल्न सक्छन् भने मूल्य भने न्यूनतम एक लाख ४५ हजार भारतीय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

हिरो मोटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक पवन मुंजालले स्कुटर सार्वजनिक गर्दै यस वर्षको मार्चमा सम्पूर्ण विश्वलाई वाचा गरिएकोमा वाचा पूरा भएको बताउनुभएको थियो । कम्पनीका अनुसार अक्टोबर १० देखि, भिडा इलेक्ट्रिक स्कुटरको बुकिङ सुरु हुनेछ ।

स्कुटरमा सात इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथै क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायतका सुविधा रहेका छन् । भिडा स्कुटरमा फास्ट चार्जिङ प्रविधि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?