निम्बस र दायित्वबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवद्र्धन गर्न निम्बस र दायित्वबीच सम्झौता भएको छ । सम्झौताअनुसार निम्बसले दायित्व नेपाल जननीति फेलोसिप कार्यक्रमअन्तर्गत २०२३ मा तीनजना फेलोलाई स्पन्सर गर्नेछ । सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानीय तहमा ७४ सरकारी संस्था र २४ सांसदसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पु¥याउन विभिन्न ३० देशबाट प्रशिक्षित कुल एक सय ६४ दायित्व फेलोका ११ समूहलाई परिचालन गरिसकेको छ ।

विश्वव्यापी प्रतिस्पर्धामार्फत् छनोट गरिने रिसर्च फेलोहरूले तीनदेखि छ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारी र विभिन्न नीति तथा अनुसन्धान विज्ञको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तीकरण, मूल्य शृंखला र शासन सुधारलगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् ।

निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले दायित्व फेलोसिपजस्ता कार्यक्रमले युवा र सरकारबीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्ने र देशमा अझ प्रगतिशील युवा परिवर्तनहरू ल्याउन सक्ने बताउनुभएको छ । दायित्वका संस्थापक तथा अध्यक्ष, डा. पुकार मल्लले दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको बताउनुभयो । दायित्वका अनुसार एक दशकभन्दा लामो समयको प्रयास र अनुभवमार्फत् पोख्त दायित्व फेलोसिप नेपाली युवाका लागि एउटा अतुलनीय अवसर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?