माछापुच्छ्रे बैंक २३ औं वर्षमा

Read Time = 3 mins

काठमाडौं । पोखरामा क्षेत्रीय बैंकका रूपमा स्थापना भएको माछापुच्छ्रे बैंक २३ औं वर्षमा प्रवेश गरेको छ । २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले एक कार्यक्रमबीच २० वर्षभन्दा बढी निरन्तर सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको छ । कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २२ वर्षसम्मको यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकप्रति कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिँदै थप उत्कृष्ट सुविधाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चालक समिति सदस्य रोशन केसीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सूर्यबहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई हालसम्मको स्थानमा ल्याउन सहयोग गर्ने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एवं शुभचिन्तकलाई बधाइ तथा धन्यवाद प्रकट गर्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सबल, उत्कृष्ट एवं विस्तारित भन्ने नाराका साथ बैंक पुँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जनालगायत सबै हिसाबमा अग्रणी स्थानमा रही समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्‍याउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैंकले २२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरसमेत ल्याएको थियो । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधा एमबिएल एम स्मार्टबाट लिन सकिनेछ ।

बैंकले एक सय ६५ शाखालगायत एक सय ७४ शाखारहित बैंकिङ, १० एक्सटेन्सन काउण्टर गरी जम्मा तीन सय ४९ स्थानबाट १६ सयभन्दा बढी कर्मचारीमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?