विजय रावत/हिटा
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर एकै परिवारका पाँचसहित सात जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको पहिरोले कनकासुन्दरी गाउँपालिका-५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका आठ वर्षीय छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीय विद्या शाही रहनुभएको छ ।
सो घटनामा स्थानीय सरस्वती हमाल र रामबहादुर हमाल घाइते हुनुभएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्र चन्द सहितको टोली थप उद्धारका लागि गएको छ । शनिबार बिहान करिब ३-४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरू पुरिएका थिए ।
यस्तै, बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका-३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका तीन वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उहाँहरूको खोजी भइरहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका