लोसपाले टुंग्यायो प्रतिनिधि सभाका उम्मेदवार

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभाका उमेदवारको टुंगो लगाएको छ ।

सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि शनिबार राति सहमति भएको थियो । सो सहमति अनुसारलोसपाले प्रतिनिधि सभातर्फ सात सिट पाएको छ।

यसैगरी सहमतिपत्रमा सर्लाही-२ मा ‘मित्रवत् प्रतिस्पर्धा’ गर्ने उल्लेख छ । जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो। यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ।

यस्तो छ लोसपाका उम्मेदवारको सूची :

१. सप्तरी २ जय प्रकाश ठाकुर
२. धनुषा ३ अनिलकुमार झा
३. महोत्तरी २ शरत सिंह भण्डारी
४. महोत्तरी ३ महन्थ ठाकुर
५. सर्लाही १ राम प्रकाश चौधरी
६. सर्लाही २ राजेन्द्र महतो (मित्रवत प्रतिस्पर्धा)
७. बारा ३ प्रमोद गुप्ता
८. पर्सा १ लक्ष्मण लाल कर्ण

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?