कोजाग्रतसँगै श्रीसम्पत्ति उपाख्यान्

Read Time = 13 mins

✍️ तोयराज नेपाल

आश्विन शुक्ल पूर्णिमाको दिनलाई कोजाग्रत पूर्णिमा अर्थात् कोजागर-लक्ष्मी व्रत भनिन्छ ।
आश्विने शुक्लपक्षे तु भवेद्या चैव पूर्णिमा ।
तत्रादौ पूजनं कुर्याच्छिृयो जागृतिपूर्वकम् ।।
नारिकेलोदकं पीत्वा अक्षक्रीडां समाचरेत् ।
निशीथे वरदा लक्ष्मीः को जागर्तीति भाषिणी ।।
जगत् प्रभ्रमति तस्यां लोकचेष्टावलोकिनी ।
तस्मै वित्तं प्रयच्छामि यो जागर्ति महीतले ।।
यसदिन व्रत बसी लक्ष्मीको र ऐरावत हात्तीमा चढेका इन्द्रको पूजा गरी लक्ष्मीलाई काँचो नरिवल पानी भएको चढाएर पूजा सममाप्त भएपछि नरिवलको जल खाएर जुवा खेली रात्रिमा जागृत बसेमा लक्ष्मीले धनधान्य प्रदान गर्नुहुन्छ । त्यस दिनका राति रातमा को जागृत बसेको छ ? म त्यसलाई धन दिन्छु भन्दै लक्ष्मीजी भगवान् विष्णुलाई साथमा लिएर मनुष्यहरू के गरिरहेका छन् भनेर हेर्दै संसारमा घुम्नुहुन्छ र जागृत बस्ननेलाई विविध धनऐश्वर्य प्रदान गर्नु हुन्छ ।

ब्राहृमण भएर यति पनि थाहा छैन ? यो शास्त्रीय कुरा हो, लौ छिटो हिँड्नुहोस् भने । शास्त्रीय कुरा नै हो भने खेलौँन त ! भनेर नागकन्यासँग उनीहरूका घर गए । नाग कन्याहरूले उनलाई पूजाको प्रसाद र नरिवलको पानी दिए । ब्राहृमणले प्रसाद खाएपछि जुवा खेल सुरु भयो ।

यस विषयमा सनत्कुमारसंहितामा यौटा उपाख्यान छ- अघि अत्यन्त गरिब बलित नामका एकजना ब्राहृमण थिए । गरिब भए पनि माग्नु र मर्नु उस्तै ठान्दथे । कसैले घरमा केही ल्याइदिए भने खायो, नभए कति दिनसम्म भोकै बस्तथे र ब्रहृमकर्म गर्दथे । यिनकी ब्राहृमणी कच्कचे र झगडालु स्वभावकी थिइन् । जसको नाम चण्डी थियो । सधैँ श्रीमान्सँग झगडा गर्दथिन् । मेरा दिदीबहिनीहरू गहना गुरियाले सजिसजाउ परेर हिँड्छन्, म भने सधैँ झुत्रे र झाम्रे बस्नु भन्थिन् । श्रीमतीलाई धन चाहिएर एक दिन भनिन्- ए बुढा राजाकामा गएर चोरी गरेर धेरै धेरै धन ल्याऊ, नत्र म तिमीलाई कुट्तछु, धन नकमाएसम्म तिमीले भनेको सबै काम उल्टो गर्छु भनेर श्रीमान्ले अह्राएका काम सबै उल्टो गर्दथिन् । त्यति गर्दा पनि बलित भने माग्ने काममा लाग्दैनथे । त्यत्तिकैमा बलितका बाबुको श्राद्धको दिन आउन लाग्यो । अनि ब्राहृमणलाई चिन्ता प¥र्या । श्राद्धको सामग्री ता घरमा छ, तर श्रीमती उल्टो गर्छे, कसरी श्रद्ध गर्ने होला ? भन्ने चिन्ताले दुःखित भएर बसेका बेला एक दिन घरमा गणपति नामका मित्र आए । बलितलाई चिन्तित देखेर केको चिन्ता प¥यो ? भनी मित्रले सोधे । बलितले भने-मेरा बाबाको श्रद्धको दिन नजिकै आयो । घरमा साग्री पनि छ । तर पत्नी सबै काम उल्टो गर्दछे, कसरी श्राद्ध गर्ने ? भन्ने चिन्ताले चिन्तित छु भने । मित्रले भने-तपाईं भाग्यमानी हुनुहुँदो रहेछ किन भने सबै कुरा उल्टो अह्राउनु, सबै काम सिद्ध भइहाल्छ त कस्तो मजाले काम गर्न सक्नुहुनेरहेछ भने । बलितले पनि ठीक छ, अब यसै गर्ने भनेर निश्चय गरे । अनि श्राद्धको दुई दिनअघि श्रीमतीलाई अह्राए–हे चण्डी पर्सि बाबाको श्राद्धको दिन छ । ब्रहृमणहरू नबोलाउनू, बोलाए पनि असल–असल ब्राहृमण नबोलाउनू । मीठा-मीठा भोजनहरू बनाएर ब्राहृमण भोजन नगराउनू । भोजन गरइहाले पनि नमिठो रूखो सुख्खो भोजन गराउनू, चोखोनितो केही नगर्नू आदि इत्यादि ।

सबै उल्टो उल्टो अह्राए । अनि श्राद्धका दिन ता बिहान चाँडै उठेर असल–असल ब्रहृमणहरू बोलाएर घर लिपपोत गरेर चोखोनितो गरी मीठा–मीठा परिकार बनाएर सारा पूजाका सामान ठीक पारिन् । ठीक समयमा श्राद्ध गर्दै गए सबै काम उल्टो अह्राएपछि सिद्ध भइहाल्थ्यो । यसरी श्राद्ध समाप्त भयो । पिण्ड सेलाउने बेलामा ब्राहृमणले बिर्सिएर यो पिण्ड लगेर गंगाजीमा सेलाउनु है भने । अनि चण्डीको पालो पिण्ड लगेर चर्पीमा फालिन् । यो कुरा बलितलाई थाहाभयो । अनि बलित दिक्क भएर अब लक्ष्मी प्रसन्न नभएसम्म यस घरमा फर्किन्न भन्ने प्रतिज्ञा गरी जंगलमा गए । जंगलमा रूखका बोक्रा लगाएर ज्यादै दुःख कष्ट गरी बसे । एक महिनापछि आश्विन शुक्ल पूर्णिमाको दिन आयो । जंगलमा तीनजना नागकन्याहरूले कोजागर लक्ष्मीको व्रत बसी पूजा लगाए । अब जुवा खेलौँ भनी विचार गर्दा कोरम नै पुगेन, अर्थात् जुवा खेल्न चारजान चाहिनेमा उनीहरू तीनजनामात्रै थिए, एकजना पुगेन । कसैलाई खोजौँ भनी खोजी गर्दा यी बलित ब्राहृमणलाई भेटेर हिंड्नोस्, ब्राहृमणदेव आज जुवा खेलौँ भने । ब्राहृमणले भने कहीँ जुवा पनि खेल्नुहुन्छ ? म ता खेल्दिनभन्दा नागकन्याले भने–हो, जुवा खेल्न हुँदैन तर ....
भाषसे त्वं पण्डितवत् कर्म तेक्स्ति तु मूर्खवत् ।
इषस्य शुक्लपूर्णायां द्यूताल्लक्ष्मीः प्रसीदति ।।
हे ब्रहृमणदेव तपाईं कुरा पण्डितका जस्ता गर्नुहुन्छ तर काम भने मूर्खको जस्तो गर्नु हुन्छ । हेर्नुहोस् आज आश्विन शुक्ल पूर्णिमा हो । आज जुवा खेल्दा लक्ष्मी प्रसन्न भएर धन दौलत प्रदान गर्नुहुन्छ । ब्राहृमण भएर यति पनि थाहा छैन ? यो शास्त्रीय कुरा हो, लौ छिटो हिँड्नुहोस् भने । शास्त्रीय कुरा नै हो भने खेलौँन त ! भनेर नागकन्यासँग उनीहरूका घर गए । नाग कन्याहरूले उनलाई पूजाको प्रसाद र नरिवलको पानी दिए । ब्राहृमणले प्रसाद खाएपछि जुवा खेल सुरु भयो । खेल्न ता बसे तर ब्रहृमणसँग बाजी थाप्ने केही द्रव्य थिएन । के बाजी थाप्ने ? नागकन्याहरूले मणि-रत्नहरू बाजी थापे । बलितको पालो आफ्नो लँगौटी थापे, नाग कन्याले त्यो जिते । अब के थाप्नेभन्दा जनै थापे, त्यो पनि नागकन्याले जिते । यसरी खेल्दा खेल्दै मध्यरात भयो । ब्रहृमणले अब के थाप्नेभन्दा अब म सँग केही छैन, मेरो शरीर नै थाप्छु भन्ने सोचेर, घोषे मुण्टो लाएर बसेका थिए । मध्यरात भयो । त्यसैबेला लक्ष्मीजी नारायणका साथमा आउनुभयो । विष्णुले लक्ष्मीलाई भन्नुभयो- हे ! लक्ष्मी हेर त तिम्रो व्रत गर्ने भक्तको त्यस्तो दुर्दशा । यिनलाई सुखी बनाउनु तिम्रो कर्तव्य होइन ? विष्णुले यसो भन्नेबित्तकै लक्ष्मीजीले ब्राहृमणतिर कटाक्ष दृष्टिले हेर्नुभयो । लक्ष्मीको दृष्टि पर्नेबित्तिकै ब्राहृमणमा तेज कान्ति भरिएर धपधप बल्लाजस्तो भएर आयो र कामदेव जस्तै अत्यन्त सुन्दर देखिन लागेर नागकन्यहरूको मन नै हरण गर्नलागे । त्यसपछि नागकन्याहरूले ब्राहृणणका रूपलावण्यदेखि आकर्षित भएर यस्तो प्रस्ताव राखे- हे ब्राहृमणदेव ! यदि हामीले जित्यौं भने हजुर हाम्रा पवतिदेव हुनुपर्दछ , यदि तपाईंले जित्नुभयो भने हजुरलाई जे मन लाग्छ सोही गर्नुहोला भने । त्यसपछि ती ब्राहृमणले नागकन्याहरूको प्रस्तावलाई स्वीकार गरी जुवा खेल्दा ब्राहृमणले जिते । त्यसपछि ती ब्राहृमणले नागकन्याहरूसँग गान्धर्वविधिले विवाह गरेर तिनीहरूको रत्नादि सारा सम्पत्ति लिएर नागकन्यकासाथ आफ्ना घरमा गए । अनि ती ब्राहृमणले विचार गरे, चण्डीले तिरस्कार गर्नाले मैले यत्रो श्रीसम्पत्ति प्राप्त गरेँ भने मैले चण्डीसँग द्वेषभाव नराखी उनको सम्मान गर्नुपर्दछ भन्ने विचार गरी चण्डीलाई सम्मान गरे । सम्पत्ति र सम्मानसमेत पाएर चण्डी पनि अत्यन्त प्रसन्न भइन् र त्यसदिनदेखि पुनःस्वामीको आज्ञा पालन गर्न लागिन् । यस व्रतमा उपवास बसेर लक्ष्मीलाई दीपदान गर्नुपर्दछ । घरका विभिन्नस्थानमा, घरका वरिपरि मन्दिरमा बाटामा बघैँचामा सबैतिर दीपावली पनि गर्नुपर्दछ । रात्रिमा नाचगान कथाश्रवण नामसंकीर्तन र द्यूतक्रीडा जुवाखेल गर्दै जाग्राम बस्नुपर्दछ । बिहान भएपछि लक्ष्मी र इन्द्रको उत्तरांग पूजा गरी ब्राहृमणहरूलाई दीपदन ‘दियो’ दानगरी यथाशक्ति अन्न वस्त्रादि दान दक्षिणा गरी घृत पायसआदि विभभिन्न मिष्ठान्नद्वारा भोजन गराएर व्रतको पारणा गर्नुपर्दछ । अर्थात् आफूले पनि भोजन गर्नुपर्दछ । यसरी व्रत गर्नाले लक्ष्मी प्रसन्न भएर धनधान्य, सुख, ऐश्वर्य प्रदान गर्नुहुन्छ ।

यस व्रतमा उपवास बसेर लक्ष्मीलाई दीपदान गर्नुपर्दछ । घरका विभिन्नस्थानमा, घरका वरिपरि मन्दिरमा, बाटामा, बघैँचामा सबैतिर दीपावली गर्नुपर्दछ । रात्रिमा नाचगान कथाश्रवण नामसंकीर्तन र द्यूतक्रीडा जुवाखेल गर्दै जाग्राम बस्नुपर्दछ ।

हे ऋषिश्वर हो कोजारलक्ष्मीको व्रत यस किसिमको छ भनेर शौनकादि ८८ हजार ऋषिहरूलाई बालखिल्य ऋषिहरूले बताउनुभएको उपाख्यान सनत्कुमार संहितामा उल्लेख गरिएको छ । त्यसकारण हामी पनि यो जाग्रत लक्ष्मीको व्रत बसी सायंकालमा दीपावली गरेर लक्ष्मीको र इन्द्रको पूजरागरी नाचगान भजनकीर्तन र जुवा खेली रात्रिमा जाग्राम बसेर बिहान दान–दक्षिणा र ब्राहृमणभोज गराई व्रतको पारणा गरौं, लक्ष्मी प्रसन्न भएर हामीलाई पनि श्रीसम्पत्ति सुख, ऐश्वर्य प्रदान गर्नुहुनेछ ।
ॐ लक्ष्म्यै नमः।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?