आयरल्याण्ड । उत्तरपश्चिमी आयरल्याण्डको काउन्टी डोनेगलमा रहेको एक पेट्रोल पम्पमा भएको विष्फोटमा परी कम्तिमा नौ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजेपछि क्रिसलो गाउँको बाहिरी भागमा रहेको एप्पलग्रीन पेट्रोल स्टेशनमा विस्फोट भएको हो । गार्डा सिओचाना प्रहरी बलले शनिबार थप आठ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ।
विष्फोटको कारण खुल्न सकेको छैन । आगलागीका कारण सो क्षेत्र वरिपरी रहेका केही भवनमा समेत क्षति पुगेको छ ।
पेट्रोल पम्पमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।
आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले यो घटना केही सय मानिसको सानो समुदायका लागि दुःखद भएको बताउनुभएको छ । एजेन्सी
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका