रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

हिमालय टाइम्स
Read Time = 1 min

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

दोरम्बाबाट काठमाडौँका लागि छुटेको बा३ख ४०४८ नम्बरको बस दुर्घटना भएको हो । तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । यात्रु दसैँको टिका लगाएर फर्कँदै थिए ।

बस रिजर्भ गरेर ल्याइएको र सडकमा अनियन्त्रीत भइ दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।

बसमा करिब ३० यात्रु सवार थिए । घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?