कांग्रेसका दुई नेताले कैलाली-५ मा दिए स्वतन्त्र उम्मेदवारी

Read Time = 2 mins

धनगढी । नेपाली कांग्रेसका दुई नेताले कैलाली-५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।

कैलाली-५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर ५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो ।

दुई नेताले कैलाली ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउनु भयो । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ ।

कैलाली ५मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार हुनु हुन्छ ।

४ मंसिरमा हुने चुनावमा कैलाली ५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाउनु भएको छ । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली ५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?