रुपन्देही–२ बाट एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी

Read Time = 2 mins

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत उद्वीर नेपालीले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै उहाँले रुपन्देहीका विकासका आयोजना पूरा गर्न र नयाँ आयोजना सुरु गर्न उम्मेदवारी दिएको बताउनुभयो । उहाँले पूर्वाधारसहित शिक्षा, स्वास्थ्य र मानवीय विकासका लागि जनताले आफूलाई साथ दिने विश्वास व्यक्त गर्नुभयो ।

यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गर्नुभएको छ । यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिनुभएको छ । रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् । यो क्षेत्रमा बुटवल उपमहानगर पालिकाका १३ वडा, तिलोत्तमा नगरपालिकाका छ र सैनामैना नगरपालिकाका चार वटा वडा पर्छन् । यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?