सप्तरी । सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा .चन्द्रकान्त राउत (सिके राउत ) को उम्मेदवारी परेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि आइतबार मनोनयन दर्ता भइरहेको छ ।
यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्नेगरी उम्मेदवारी दर्ता गराउनु भएको हो । यादव संविधानसभा २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजय हुनु भएको थियो भने राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।
राउत गठबन्धनबिना नै चुनाव लड्दै हुनुहुन्छ भने यादवले एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिनुभएको छ । सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिनुभएको छ ।
-सुधा देव
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका