पेरिस । फ्रान्सका स्टार केलियन एम्बाप्पे सर्वाधिक आम्दानी गर्ने खेलाडी बन्नुभएको छ । फोब्र्सले सार्वजनिक गरेको नयाँ सूचीअनुसार सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड एम्बाप्पे रहनुभएको हो ।
पछिल्लो नौ वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बन्नुभएको हो । फोब्र्सका अनुसार २३ वर्षे एम्बाप्पेको यो वर्ष आम्दानी १२८ मिलियन अमेरिकी डलर रहेको छ । एम्बाप्पेका पिएसजी सहकर्मी मेस्सी दोस्रो स्थानमा रहनुभएको छ । उहाँको वार्षिक आम्दानी १२० मिलियन रहेको छ ।
त्यस्तै, म्यानचेस्टर युनाइटेडका रोनाल्डो तेस्रो स्थानमा हुनुहुन्छ । उहाँको आम्दानी एक सय मिलियन अमेरिकी डलर रहेको छ । पिएसजीका नेयमार र लिभरपुलका मोहम्मद सलाह शीर्ष ५ मा रहनुभएको छ । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ८७ हजार मिलियन र सलाहको ५३ मिलियन डलर छ ।
रोनाल्डो र मेस्सीभन्दा अघि सन् २०१३ मा सर्वाधिक आम्दानी गर्ने फुटबल खेलाडीमा इग्ल्याण्ड फुटबल टोलीका पूर्वकप्तान डेभिड बेकहृयाम रहनुभएको छ । एम्बाप्पेले मेमा पिएसजीको आकर्षक तीनवर्षे नवीकरण प्रस्तावमा सम्झौता गर्नुभएको थियो ।
फ्रान्सका लागि विश्व कप जितेका एम्बाप्पेले पिएसजीका लागि ११ उपाधि जितिसक्नुभएको छ । जसमा चारवटा ला लिगा उपाधिसमेत रहेका छन् । उहाँ मोकाकोबाट सन् २०१७ मा लोनमा पिएसजी पुग्नुभएको थियो । बोरुसिया डर्टमुण्डबाट यसै सिजन प्रिमियर लिग टोली म्यानचेस्टर सिटी पुगेयता १२ खेलमा १९ गोल गरिसकेका इर्लिङ हालान्ड बढी आम्दानी गर्ने खेलाडीको छैटौं स्थानमा हुुनुहुन्छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका