काठमाडौं । नगद छोडौं, डिजिटल रोजौं भन्ने नाराका साथ साइन रेसुंगा डेभलपमेन्ट बैंकले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न एनसेल र नेपाल टेलिकमबाट गरिने हरेक टपअप कारोबारमा पाँच प्रतिशतसम्म छुट व्यवस्था गरेको छ । त्यसैगरी इसेवा वालेटमा साइन रेसुंगा डेभलपमेन्ट बैंकको खाता लिंक गरी रकमान्तर गर्ने ग्राहकमध्ये एक भाग्यशाली ग्राहकले हुवावे हनर पेड एक्स एट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले हालैमात्र फोकसवान पेमेन्ट सोल्युसन प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटसँग आबद्ध भई भिसा कार्डमार्फत् डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता गरेको छ । साइन रेसुंगाका ग्राहकले मोको डिजिटल वालेटमा डेबिट भिसा कार्ड लिंक गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सयसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट दुई सयजना ग्राहकले पहिलोपटक कारोबार गर्दा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले हाल पाँच प्रदेशमा ८४ शाखा, एक एक्सटेन्सन काउन्टर र १६ एटिएम नेटवर्कमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच