आप्रवासी समस्याले न्यूयोर्कमा संकटकाल

Read Time = 1 min

न्यूयोर्क । आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्यूयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गर्नुभएको छ । अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट शहर प्रवेश गरेका छन् । पछिल्ला समयमा टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले डेमोक्र्याटिक क्षेत्रमा आप्रवासी पठाइरहेका छन् ।

अभूतपूर्व संख्यामा आप्रवासीको ठूलो संख्या अमेरिका-मेक्सिको सीमामा पुग्छन् । सेप्टेम्बरपछि दैनिकजसो पाँचदेखि ६ वसमा भरिएका आप्रवासी न्यूयोर्क पुग्ने गर्छन् । शहरको शरण प्रणालीअन्तर्गतका हरेक पाँचमध्ये एकजना शरण खोज्ने व्यक्ति भएको मेयर एडम्सले बताउनुभयो । शहर पुग्ने अधिकांसमध्ये स्कुले उमेरका बालबालिका छन् र उनीहरूलाई मेडिकल उपचारको गम्भीर आवश्यकता रहेको बताइन्छ । यस प्रवाहले यो आर्थिक वर्ष न्यूयोर्कलाई एक अर्ब डलर अमेरिकी डलर लागत लाग्ने जनाइएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?