हुम्लामा पहिरोले घर पुरिँदा चार बालबालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार बालबालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइतेको भने उद्धार गरिएको छ । घाइतेहरूको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताइएको छ ।

घटनास्थलमा प्रहरी पुग्न नसकेको स्थानीय ध्रुवकुमार शाहीले बताउनुभयो । उहाँका अनुसार लगातार परेको पानीले घरमाथि पहिरो जाँदा एक घर पुरिएको हो ।

घटनास्थलमा प्रहरी जाँदै गरेको बताइएको छ । घटनाको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

घटनास्थल सदरमुकाम सिमकोटबाट तीन दिनको पैदल दुरीमा रहेको छ । राति भएको घटनापछि स्थानीय आफैँ उद्दारको काममा जुटेपनि लगातारको बर्षा बाधक बनेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?