उम्मेदवारमाथि आज उजुरी दिन सकिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने छ।

निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने समय आज बिहान १० देखि दिउँसो ३ बजेसम्म तय गरेको छ।

आयोगले मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची आइतबार राति नै प्रकाशन गरेको छ। आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार ४७३ र प्रदेश सभातर्फ तीन हजार ३९३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

आज दिउँसो ३ बजेदेखि २५ गते साँझ ५ बजेसम्म​ मनोनयपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ। आयोगले २५ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?