मोरङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । मोरङको सुन्दरहरैचा नरपालिका-८ मा हिजो बेलुकी कार र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४५ वर्षीय किरण बराईली रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनरमा मृत्यु भएको हो । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ५२२० नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०२९ प ८१५४ नम्बरको मोटरसाइकल हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।

कारसहित चालकलाई इलाका प्रहरी कार्यालय बिराटचोकले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?