सुनको मूल्य तोलामा आठ सयले घट्यो

Read Time = 1 min

काठमाडौ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो ।

आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपैयाँले घट्दै ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?