कालीकोटमा एक जना प्रहरीसहित २२ जना बेपत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

-मानबहादुर बिश्वकर्मा

कालीकोट । पहिरोमा परेर एक जना प्रहरी जवानसहित २२ जना बेपत्ता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका वडा नं ४ राँचुलीका १३ जना मलामी घर फर्किँदै गर्दा पहिरोमा पुरिएका बेपत्ता भएका हुन् भने एक जना प्रहरी जवान खोला तर्ने क्रममा बगेर बेपत्ता भएका हुन् ।

नगरपालिकाका एक हेमराज शाहीको निधनपछि तिला नदीमा अन्तिम दाहसंस्कारका लागि गएका एकै गाउँका १३ जनालाई पहिरोले छोपेको स्थानीयलाई उद्धृत गदै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालका अनुसार प्रहरी घटनास्थलमा पुग्न नसकेकाले यकिन भन्न नसकिएको तर स्थानीयले १३ जना घर नफर्केकाले सबै बेपत्ता भएको जानकारी आएको बताउनुभयो ।

यस्तै, आइतबार बिहान १० बजे तिलागुफा नगरपालिका वडा नं ७ का धुर्वराज बिष्टको घर पहिरो पुरिँदा उहाँसहित श्रीमती, छोरा बुहारी र छोरी गरी पाँच जना बेपता भएका छन् ।

बेपता हुनेहरुमा धुर्वराज बिष्ट, उहाँकी श्रीमती वर्ष ३५ की ममता बिष्ट, १५ वर्षका छोरा भरत बिष्ट, १३ वर्षीया छोरा कृपेश बिष्ट र ११ वर्षीया छोरी ज्यानी बिष्ट बेपता भएका छन् ।

यस्तै, वडा नं ६ को भैँसीगौडामा जोरा सिहं शाहीको घर पहिरोले पुरिँदा उहाँकी ८० वर्षीया आमा लालकला शाही बेपत्ता हुनुभएको छ । सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं ८ मा वर्ष १४ का केवल केसी र पचालझरना वडा नं ७ का वर्ष ४७ पुरीलाल बोहोरा पनि बेपत्ता भएका छन् ।

पानी नरोकिएका कारणले प्रहरी घटनास्थलमा जान नसकेको र आज हल्का पानी रोकिएकाले दुवै तर्फबाट प्रहरी परिचालन गरिएको भए पनि घटनास्थल पुग्न अझै नसकेको बताउनुभयो ।

यस्तै, जुम्ला घर बिदावाट फर्किँदै गरेका प्रहरी जवान पदम रावत टाकुल्ला खोलामा बगेर बेपत्ता हुनुभएको छ । दशैँ मनाउन घर बिदा जानुभएका रावतसहित तीन जना प्रहरी पैदल जुम्लाबाट सुर्खेततर्फ फर्किँदै गरेका र खाँडाचक्र नगरपालिका वडा नं ८ को एक खोला तर्ने क्रममा बेपत्ता हुनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?