प्रधानमन्त्री देउवाको जन्ममिति बारे आयोगमा उजुरी, उम्मेदवारी रद्द गर्न कर्ण मल्लकाे माग

हिमालय टाइम्स
Read Time = 1 min

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको प्रधानमन्त्री देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ भने मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

कर्ण मल्लले देउवा विरुद्ध उजुरी हाल्नुभएको छ ।

मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । अहिले बिपी कांग्रेसबाट मल्ल देउवा विरुद्ध चुनावी मैदानमा उत्रिनुभएको छ । यस अघि नै कांग्रेसले मल्ललाई कारबाही गरेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?