प्रतिभा छनोट कार्यक्रम सञ्चालन हुने

Read Time = 2 mins

काठमाडौं । ओखलढुंगा कला साहित्य समाज तथा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिकाको संयुक्त आयोजनामा अ‍ेखलढुंगा जिल्लास्तरीय प्रतिभा छनौट कार्यक्रम आयोजना हुनेभएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका फलाटे बजारमा यही असोज २६, २७, २८ र २९ गते आयोजना हुने कार्यक्रमबाट ओखलढुंगा जिल्लास्तरीय साहित्य, गायन र नृत्यतर्फको फरक-फरक क्षेत्रका तीनजना प्रतिभाको छनोट हुने कुरा आयोजक ओखलढुंगा कला साहित्य समाजका अध्यक्ष राज राईले बताउनु हुन्छ ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा ओखलढुंगा कला साहित्य समाजको पूर्वअध्यक्ष भएका नाताले उहाँले यस कार्यक्रमको आयोजना आफ्नै गाउँपालिकामा गर्ने रुचि राख्नुभएको महासचिव रामनाथ घिमिरे बताउनुहुन्छ । संस्थाका सल्लाहकार नवीन ढुंगेल, महाप्रसाद खनाल, विनोद दाहाल, चेतनाथ धमला, शक्ति श्रेष्ठ, माधव दाहाल, बलबहादुर परियार प्रतिभा छनोट कार्यक्रमको निर्णयक रहने कुरा संस्थाका सचिव जितेन्द्र बानियाँ बताउनुहुन्छ ।

कार्यक्रममा वरिष्ठ गायक शक्तिकुमार श्रेष्ठ, सािहत्यकार तथा पत्रकार चेतनाथ धमला, पत्रकार रामनाथ घिमिरे, नवप्रतिभा निरुता सेञ्चुरीलगायतका व्यक्तिहरू पुरस्कृत हुनुहुनेछ । कार्यक्रममको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गम्बु शेर्पा तथा विशिष्ठ अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा.पुरुषोत्तम दाहाल रहनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?