एजेन्सी । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद विघटन गरिएको घोषणा गर्नुभएको हो । उहाँले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनसमेत घोषणा गर्नुभएको छ । उहाँले घोषणा गरेअनुसार आगामी ६० दिनभित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उहाँले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी गराउनुभएको छ ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित विभिन्न घटनाक्रम भएको त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उहाँको स्पष्टोक्ति छ । सम्बोधनका क्रममा उहाँले भन्नुभएको छ, ‘हामीले फेरि जनताको अभिमत लिने निर्णय गरेका छौँ, जनताको अभिमत नै सबैभन्दा शक्तिशाली हुन्छ, निर्वाचनबाट प्राप्त जनताको अभिमतअनुसार गर्नेछौँ ।’
सरकारको सिफारिशमा निर्वाचन आयोगले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने जनाइएको छ । निर्वाचनबाट प्रतिनिधिसभाका २२२ सदस्य निर्वाचित हुनेछन् । यसअघिको निर्वाचनपछि सन् २०२० सम्म दुई वर्षका लागि महाथीर मोहम्मद प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । त्यसपछि मुहृयीद्धिन यासिनले प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएको थियो । उहाँको सरकार पनि ढलेपछि वर्तमान प्रधानमन्त्री सब्रीले सन् २०२१ को अगस्त २१ मा शपथ ग्रहण गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका