स्वास्थ्यमा सुधार नभएपछि वाङ्मय शताब्दी पुरुष जोशी आइसियुमा

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आइसियुमा राखेर उपचार सुरु गरिएको छ । मुटुको चालसम्बन्धी समस्या देखा परेकाले उहाँलाई आइसियुमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ । अस्पतालले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा जोशीको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।

अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ । आइतबारबाट मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि १९ दिनअघि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । रगत परीक्षणपछि उहाँमा डेंगु पुष्टि भई उपचार भइरहेकोमा आइतबार बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको हो । उहाँको छातीमा निमोनिया संक्रमणसमेत देखिएको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन दैनिक रूपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । १०३ वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँको उपचारका लागि मेडिसिन विभागको नेतृत्वमा क्रिटिकल केयर, एनेस्थेसियोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी लगायतका चिकित्सकहरू संलग्न छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?