‘महापुरुष’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

कमेडी जनरामा बनेको यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा हुनुहुन्छ । सार्वजनिक चलचित्रको ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको कथासार स्पष्ट पारिएको छ । दुई परिवारको कथा ट्रेलरमा देखाइएको छ । दुई उमेर समूहको प्रेमभावसमेत यसमा देख्न सकिन्छ ।

प्रदीप भट्टराई निर्देशित महापुरुषको ट्रेलरले नै चलचित्र पारिवारिक र सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पार्छ । अभिनेता आचार्य र अभिनेत्री गौरी मल्ल तथा मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, रविन्द्रसिंह बानियाँ, अरुण श्रेत्री, अञ्जना बराइली प्रभावकारी देखिनुभएको छ ।

फ्याम्ली ड्रामामार्फत समाजमा विधमान सोचलाई भत्काउने प्रयास गरिएको लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको भनाइ छ । यो चलचित्र ११ कात्तिकदेखि विश्वभर एकसाथ प्रदर्शनमा आउँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?