नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पोखरामा हुन गईरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन ।

नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन ।

जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स, क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो-खो, गल्फ, जुडो, टेबल-टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल, बुद्धिचाल, भलिवल, भारोत्तोलन, रग्बी लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?