सेयर बजार फेरि ओरालोतर्फ

Read Time = 3 mins

काठमाडौं । दशैँपछिको पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयर बजार दोस्रो दिन सोमबारसम्म पनि टिक्न सकेन । सोमबार नेप्से २७.१६ अंकले घटेर १८७१.२२ अंकमा झरेको छ भने दुई सय ३३ कम्पनीका ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको तुलनामा साढे १३ करोडले कारोबार बढेको हो । सामूहिक लगानी कोषबाहेक सबै समूहगत सूचक घटेका छन् भने जलविद्युत्, फाइनान्स र विकास बैंक समूहका सूचक दुई प्रतिशतभन्दा धेरैले घटेका छन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक १६ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको छ करोड, नबिल बैंकको चार करोड ८२ लाख, हिमालयन डिस्टिलरीको तीन करोड ५८ लाख र लुम्बिनी विकास बैंकको दुई करोड नौ लाखको सेयर कारोबार भएको छ । अभियान लघुवित्तको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, एनएमबी हाइब्रिड फण्ड एल-१ को ३.६७, ग्लोबल आएमई ब्यालेन्स्ड फण्ड-१ को ३.४९, एनआइसी एसिया फेल्क्सी क्याप फण्ड ३.२७ र उन्नत्ति सहकार्य लघुवित्तको २.६८ प्रतिशतले सेयरमूल्य बढेको छ । गरिमा डिबेञ्चर २०८५ को सबैभन्दा धेरै ८.१३ प्रतिशतले मूल्य घटेको छ भने सिभिल लघुवित्तको सेयरमूल्य ६.३३ प्रतिशत, कृषि विकास बैंक डिबेञ्चर २०८३ को ५.८६, कर्णाली डेभलपमेन्ट बैंक ५.६० प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ५.३८ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ५.०६ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?