सवारीसाधन आयात तत्काल खुलाउन माग

Read Time = 3 mins

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधनको आयात खुलाउन माग गरेको छ । सरकारले असोज २८ गतेसम्मका लागि निजी प्रयोजनका कार, जिप, भ्यान र १५० सिसीभन्दा माथिका दुईपांगे्र सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको थियो । तर, नाडाले विशेषगरी अटोमोबाइल क्षेत्र राष्ट्र बैंक तथा सरकारको एकपछि अर्को नीति तथा निर्देशनका कारण अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै प्रतिबन्ध थप नलम्ब्याउने वातावरण सिर्जनाका लागि सञ्चारमाध्यमहरूलाई सहयोगका लागि आग्रह गरेको छ ।

नाडाका अनुसार नेपालको कुल आयातमा निजी प्रयोजनका कार, जिप र भ्यान जस्ता सवारीकोे आयात एक प्रतिशत अर्थात् १७ अर्बभन्दा कम रहेको छ । तर, सोे क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्बको योगदान रहेको छ ।

नाडाका अध्यक्ष धु्रव थापाद्वारा सोमबार जारी पे्रस विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको कारण देखाउँदै २०७९ वैशाख १४ गतेदेखि जिप, कार र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधन आयातमा प्रतिबन्ध लगाउँदै आएको र प्रतिबन्ध क्रमशः विस्तार गर्दै २०७९ को असोज २८ गतेसम्म पुर्‍याएको छ । तर, हाल विदेशी मुद्रा सञ्चितिलगायत धेरै आर्थिक सूचकांक सकारात्मक अवस्थामा पुगेका छन् । देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याउने नेपालको अटोमोबाइल क्षेत्र हो । खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेको अटोमोबाइल व्यवसाय आज सरकारको उक्त अदूरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको नेपालको सञ्चार जगत्मा जानकारी भएकै विषय हो ।’

नाडाका अनुसार नेपालको कुल आयातमा निजी प्रयोजनका कार, जिप र भ्यानजस्ता सवारीसाधनको आयात १ प्रतिशत अर्थात् १७ अर्बभन्दा कम रहेको छ । तर, सोे क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्बको योगदान रहेको छ । नेपालमा आयात हुने हजारांै वस्तुमध्ये कार, जिप र भ्यानजस्ता सवारीसाधनमात्र यस्ता वस्तु हुन्, जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजस्व योगदान पु¥याउने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?