दाहालको ‘मेरो पत्रकारिता’ : पढेर गरेको टिपोट

✍️ तिलकप्रसाद लुइँटेल

बाह्रौँ खण्डमा शीर्षक-राजधानी राष्ट्रिय दैनिक : नयाँ अनुभव भन्ने छ । यसको थालनी पृष्ठ ३६१ बाट भएर अन्त पृष्ठ ३९९ मा भएको छ । यसमा जम्मा १७ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्या समेत यस प्रकार छन्-
(१) मित्रताको हात-...काम गर्नुभयो । मैले धोवीखोलाको त्यस क्षेत्रलाई- राजधानी नगर भनेर नामकरण गरेपछि उत्सर्ग प्रकाशनको ठेगाना राजधानी नगर भनेर लेख्न लागियो । पृष्ठ ३६३
(२) नामको खोजी-...उहाँ मान्नुभएन । भविष्यमा सम्भव भए आफैँले सञ्चालन गर्ने जानकारी दिनुभयो । मेरो पत्रकारिताको गुरु भएको हुनाले अरू तर्कवितर्क केही...। पृष्ठ ३६४
(३) ‘एमपी ६’ को सूत्र-...अराजक र अव्यवस्थित थिए । तैपनि साहस देखाउँदै थिए । तामझामका साथ आएको सगरमाथा दैनिक एमालेको मुखपत्र हुनखोज्दा... । पृष्ठ ३६७

आन्तरिक आम्दानी थोरै र सरकारी सहयोग धेरैमा निर्वाह गर्नुपर्ने राष्ट्रिय समाचार समिति संक्षिप्तमा राससमा करिब नौ महिना अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरेँ । समाचार संस्था भएका कारण प्रायशः सञ्चारकर्मीहरूलाई नै यस संस्थाको प्रमुख बनाउने प्रचलन छ ।

(४) राजधानी प्रकाशनको साइत-...विज्ञापनको सम्भावना के छ र नयाँ पत्रिका प्रकाशन भएमा कसरी विस्तार गर्न सकिन्छ ? भन्नेजस्ता विषयहरूको स्पष्ट उत्तर लिएको थिएँ । पृष्ठ ३६८
(५) ज्योतिषी पाण्डेको भविष्यवाणी-...यस पत्रिकाको भविष्यबारे ज्योतिषीको राय बुझ्नुपर्ने चर्चा गरे । ... ज्योतिषीको भविष्यवाणी प्रकाशित गर्ने उत्साह बोकेका प्रबद्र्धकहरू यो निष्कर्ष सुनेर हतप्रभ भए । ... ... ‘डस्टबिन’ मा गए पनि सत्य प्रमाणित भयो । पृष्ठ ३६८–३६९
(६) राजदरबार दुर्घटना र राजधानी- तीन दिनअघि राजा घोषित भएका दीपेन्द्रको शवलाई थोत्रो ट्रकमा लगेर पशुपतिमा जलाउने काम भयो । दरबारियाहरूले नै... । पृष्ठ ३७२
(७) राजा वीरेन्द्रको मूल्यांकन- उनले लोकतन्त्रविरुद्ध त्वरित कदम नचालेको हुनाले योगी नरहरिनाथ जस्ता साधुहरूले तत्काल गद्दी युवराजलाई सुम्पन र आफू अभिभावक भएर...। पृष्ठ ३७३
(८) प्रतिक्रिया र प्रभाव- यस विषयमा व्यापक हल्ला चल्यो । माओवादीका कार्यकर्ताहरू सडकमा कपाल खौरनेहरू वीरेन्द्रप्रति सद्भाव राखेका हुनाले सद्भाव राखेको देखाउँथे भने नखौरनेलाई ज्ञानेन्द्रका समर्थक भन्दै तेजोबध गरिरहेका हुन्थे । पृष्ठ ३७३-३७४
(९) होलेरी काण्ड र राजधानी-...हातहतियारयुक्त बनाउनु र प्रशिक्षण दिनु आवश्यक छ । माओवादी हिंसासँग–प्रहरी नै लड्ने क्षमता राख्छ ।’ कटवालको तर्क धेरै हदसम्म... । पृष्ठ ३७६
(१०) कोइराला राजिनामाको रहस्य-...‘सके राजसंस्था नसके कम्तीमा पनि ज्ञानेन्द्रलाई राजाबाट हिँडाउनुपर्छ भन्ने संकल्प गरेको जस्तो लाग्छ’– मलाई । केही दिनपछि... । पृष्ठ ३७९
(११) राजा ज्ञानेन्द्रसँग पहिलो संवाद-दश बजे बिहानको समय राजासँग निर्धारित थियो । दौरा-सुरुवाल, कालो टोपी लगाएर म निर्मल निवास पुगेँ । ढोकामा ‘चेक’ पछि... । पृष्ठ ३८१

(१२) कोइरालाको निष्कर्ष-...देशभरका प्रतिनिधिहरू जम्मा हुँदै थिए । निवासमा पाइला टेक्ने ठाउँ थिएन । तैपनि मलाई चिन्नेहरू धेरै भएका कारण म सरासर घरको... । पृष्ठ ३८७
(१३) कुलदीपकको कथा-...हो कि आफू प्रधानमन्त्री रहेर प्रचण्डलाई राष्ट्रपति बनाउने ?’ मैले यसोभन्दा हल तालीको गडगडाहटमा पूरै एक-दुई मिनेट गुञ्जिरहृयो । पृष्ठ ३८९
(१४) नेपाल प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार-...रूपमा पुरस्कार दिइएको थियो । मेरा लागि त्यो क्षण गौरवपूर्ण थियो । कुनै मान, पदवी, नियुक्तिभन्दा ठूलो हो...। पृष्ठ ३९१
(१५) अग्नि सापकोटासँगको संवाद-...र सनातन संस्कृतिविरुद्ध किन छ ? बाहुनहरूको जात टुप्पी काटे पनि, सुँगुर छोए पनि, अन्डा-कुखुरा खाए पनि, रक्सी पिए पनि...। पृष्ठ ३९३
(१६) केही प्रिय/अप्रिय-..हाम्रो आर्थिक अवस्थाको मूल्यांकन गरौँ । अवस्था ठीक छ भने यही तर्कका आधारमा छाँट्ने काम गरौँ । भर्ना र हटाउने विषयलाई हावादारीमा... । पृष्ठ ३९६
(१७) विदेशी लगानीको हल्ला-...असाध्य इच्छुक भएको बताएपछि मैले जुनियर रिपोर्टरमा काम दिएँ । सात महिनामा एउटा वा दुईवटा मात्र उनका समाचार छापिएछन् । पृष्ठ ३९६
तेह्रौँ खण्डमा शीर्षक- सरकारी समाचार संस्था : राससमा केही दिन भन्ने छ । यसको थालनी पृष्ठ ४०० बाट भएर अन्त पृष्ठ ४३६ मा भएको छ । यसमा जम्मा १७ वटा उपशीर्षक छन् । ती उपशीर्षकको उद्धरण र पृष्ठसंख्यासमेत यस प्रकार छन्-
सरकारी समाचार संस्था : राससमा केही दिन-आन्तरिक आम्दानी थोरै र सरकारी सहयोग धेरैमा निर्वाह गर्नुपर्ने राष्ट्रिय समाचार समिति संक्षिप्तमा राससमा करिब नौ महिना अध्यक्ष तथा महाप्रबन्धक भएर काम गरेँ । समाचार संस्था भएका कारण प्रायशः सञ्चारकर्मीहरूलाई नै यस संस्थाको प्रमुख बनाउने प्रचलन छ । पृष्ठ ४००
(१) नियुक्तिको प्रस्ताव-तर सत्तारुढ दल नेपाली काङ्ग्रेसभित्रको विवाद र प्रमुख प्रतिपक्ष एमालेको दबाबका कारण सरकारका निर्णय र कामहरू प्रभावकारी हुन सकिरहेका...। पृष्ठ ४०१
(२) राससको भूमिका- मैले शाखा प्रमुखहरूसँग अलग–अलग छलफल गरेँ । ड्राइभर र सहायकस्तरका कर्मचारीलाई बोलाएर संस्थाका कार्यहरूबारे जानकारी लिएँ,... । पृष्ठ ४०५
(३) पत्रकारभन्दा कर्मचारीको हाइदुहाइ-बन्दुकले समाधान खोज्नु राज्यको गल्ती हो । बरू त्यस निम्ति सूचनाको सही पहुँच हुनेगरी सुरक्षा र विकासका एकीकृत...। पृष्ठ ४०८
(४) एक गाउँ एक संवाददाता योजना-यो प्रस्ताव मेरो ‘ब्रेन चाइल्ड’ भएको हुनाले सायद मलाई पनि बोलाइएको हुनुपर्दछ । मैले नै प्रस्तावको व्याख्या गरेँ त्यहाँ । पृष्ठ ४१०
(५) आत्मनिर्भरताका लागि प्रस्ताव-...बनेपामा रासस भवन प्रारम्भ भएको रहेछ । ... भवन पूरा गर्न पैसा नभएको भनेपछि रकम निकासा गरी निर्माण पूरा भयो र...। पृष्ठ ४१२
(६) जहाँ पनि कमिसन-...बढीमा दुई रोल फ्याक्स पेपर लाग्ने ठाउँमा दैनिक चार रोलको बिल बन्ने, एक जिस्ता फोटोकपी पेपर दैनिक लाग्नेमा पाँच जिस्ताको बिल तयार...। पृष्ठ ४१३
(७) काठ विवाद र सरुवा प्रकरण-...बढी गोलमाल भएको देखियो । एकथरी साथीहरू यो फाइल अख्तियारमा पठाउन दबाब दिँदै थिए । तर, राससभित्रको गुटबन्दी र...। पृष्ठ ४१३
(८) गुनको बदला अपमान- आवश्यक निर्णय लिनु जरुरी भएको हुनाले दुई दिन बोर्ड बैठक बस्नुप¥यो । एउटै हप्तामा बोर्ड बैठक गरी हजारौँ भत्ता खाने निहुँ गरेको भन्दै...। पृष्ठ ४१५
(९) अख्तियार र अवकाश- थुप्रै अध्यक्ष तथा महाप्रबन्धकहरू आयोग कार्यालय पुगेका रहेछन् । मैले सबै विवरण बुझाएर बाहिर निस्कँदा एक जना खाइलाग्दा आकर्षक...। पृष्ठ ४१५
(१०) स्मरणीय तर रमाइलो-... पत्रकारितामा जति पोख्त हुनुहुन्छ, व्यक्तिगत सम्पर्क विकास गर्न माहिर हुनुहुन्छ । पत्रकार भनेपछि टर्रो भएर हुँदैन । उहाँ मसँग...। पृष्ठ ४१८
(११) राजा ज्ञानेन्द्रसँग औपचारिक अन्तर्वार्ता-दरबारको तौरतरिका म यसरी पहिलोपटक अनुभव गर्दै थिएँ । परम्परागत सामन्ती संस्कार, दास मनोवृत्ति र नागरिकलाई दास...। पृष्ठ ४१९
(१२) कांग्रेसमा गुट र आरोप- मैले कांग्रेसको झगडामा संस्था नमुछिने गरी- सरकारका समाचारहरूलाई प्राथमिकतामा राख्ने र पार्टीका समाचारलाई पनि महत्व दिन भनेँ । पृष्ठ ४२१

बढीमा दुई रोल फ्याक्स पेपर लाग्ने ठाउँमा दैनिक चार रोलको बिल बन्ने, एक जिस्ता फोटोकपी पेपर दैनिक लाग्नेमा पाँच जिस्ताको बिल तयार... । .. एकथरी साथीहरू यो फाइल अख्तियारमा पठाउन दबाब दिँदै थिए । तर, राससभित्रको गुटबन्दी र... ।

(१३) कांग्रेस विभाजन र रामचन्द्र-...कतिसम्म भन्न भ्याएछन् भने- ‘कोइराला पक्षका समाचार रोक्नु भनेर अध्यक्षले भनेका छन् । तैपनि हामीहरू दिइरहेका छौँ ।’ मलाई...। पृष्ठ ४२५
(१४) राजासँग चीन भ्रमण र राजिनामा-उनी सांसद र मन्त्री भएपछि हामीसँगको सम्बन्धभन्दा आफूलाई निकै माथि ठान्न थालेका थिए । त्यसो त त्यस समयका...। पृष्ठ ४२७
(१५) सानो तर तिक्त प्रसंग-...राजधानीसँग परिचित भएका थिए । उनी अन्यत्र पनि सल्लाहकार थिए, आफूलाई मधेसको दाबी गर्दा मधेसकै अर्को दुःख पाएको साथीलाई...। पृष्ठ ४३१
(१६) माओवादी मध्यस्थता र प्रधानमन्त्री-...‘यार ! मिलाएर उत्तर लेख । तिमीले कुरा बुझेकै छौ । यहीँ बसेर तयार पार । भित्र टाइप गराएपछि म हेरौँला ।’ मैले पनि...। पृष्ठ ४३३
(१७) राससबाट राजीनामा-...‘मलाई नियुक्त गर्ने सरकारलाई ‘असक्षम’ भनी हटाएपछि मैले बस्न सुहाउँदैन । तर तपाईंको वचन राख्न म केही दिन जिल्ला घुम्न जान्छु र...। पृष्ठ ४३६

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?