मनाङमा अलपत्र ८२ पर्यटकको हवाई उद्धार

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

मनाङ । मनाङमा मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । जसमा ८२ जना आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् ।

जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापले जनाएको छ ।

हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको हो ।

एक्यापका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?