गुराँस लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Read Time = 2 mins

काठमाडौं । गुराँस लाइफ इन्सुरेन्सको ७.८३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुधबार असोज २६ गते बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कम्पनीले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा सेयरधनीलाई ७.४४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९ प्रतिशत नगद गरी कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । सभामा युनियन लाइफ र प्राइम लाइफसँग मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रको मस्यौदा स्वीकृत गर्ने एजेन्डा छ ।

साथै, सभामा आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७-७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन तिनकुने, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?