निकारागुवामा भीषण आँधी : २८ जनाको मृत्यु

Read Time = 2 mins

निकारागुवा । निकारागुआको मध्य क्यारिबियन तटमा आइतवार बिहानै आएको जुलिया आँधीका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ । आँधीले अहिले ग्वाटेमाला र एल साल्भाडोर प्रशान्त महासागरमा असर गरिहेको छ । आँधीपछि ती क्षेत्रमा मुसलधारे पानी आइरहेको छ ।

अमेरिकाको नेसनल हरिकेन सेन्टर (एनएचसी) ले एल साल्भाडोर र ग्वाटेमालाको तटमा ठूलो समुद्री छाल आउने चेतावनी दिएका छन् । होन्डुरसमा बाढीले बगाएकी एक महिलासहित पाँच जनाको मृत्यु भएको छ । शनिबार राति निकारागुआ सीमा नजिकै डुंगा पल्टिँदा चार वर्षीय बालकको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्टा भेरापाजमा पहाडको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु भएको बताएको छ । मेक्सिको नजिकैको हुहेउटेनांगो प्रान्तमा मानिसहरूलाई उद्धार गर्ने एक सिपाहीसहित ९ जनाको मृत्यु भएको छ ।

एल साल्भाडोरमा नदीका सतह बढेका छन् र सर्वसाधारणका लागि ८० आँधीबेहरी आश्रयहरू खोलेर आपतकालीन अवस्था घोषणा गरिएको छ । पूर्वी एल साल्भाडोर सहर ग्वाटाजियागुवामा एउटा घरको पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको छ ।
-एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?