काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘संदिग्ध’ नेता प्रभु साहलाई कसले माथि चढाएको भनी प्रश्न गर्नुभएको छ ।
एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै ओलीले एमाले नेता साहले ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको भनेपछि उक्त भनाइ माथि रावलले टिप्पणी गर्नुभएको हो ।
साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। साथै, साहले मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएकाे छ।
प्रभु साहाको 'विद्रोह' बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।'हरियो सर्प' भनेको पनि आयो।'संदिग्ध र हरियो सर्प'लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं 'संदिग्ध र रंगिविरंगी सर्प' किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
— Bhim Rawal, PhD (@BhimRawal179) October 11, 2022
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच