काठमाडौंको दश क्षेत्रमा २६५ जनाको उम्मेदवारी

Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि काठमाडौं जिल्लाको दश वटा निर्वाचन क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २६५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दिनेमा २२६ जना पुरुष र ३९ जना महिला रहेका छन् ।

काठमाडौं क्षेत्र नं।१ मा २२ जना पुरुष र १० जना महिला गरी कुल ३२ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं।२ मा २६ जना पुरुष र ५ जना महिला गरी कुल ३१ जनाले उम्मेदवारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं।३ मा २१ जना पुरुष र ३ जना महिला गरी कुल २४ जनाको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं।४ मा ३३ जना पुरुष र २ जना महिला गरी कुल ३५ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, काठमाडौं क्षेत्र नं।५ मा २६ जना पुरुष र ४ जना महिला गरी कुल ३० जनको उम्मेदवारी परेको छ । काठमाडौं क्षेत्र नं।६ मा २३ जना पुरुष र १ जना महिला गरी कुल २४ जना उम्मेदवार मैदानमा उत्रेका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं क्षेत्र नं।७ मा २४ जना पुरुष र ५ जना महिला गरी कुल २९ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं।८ मा १७ जना पुरुष र २ जना महिला गरी १९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी काठमाडौं क्षेत्र नं।९ मा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । काठमाडौं क्षेत्र नं।१० मा १७ जना पुरुष र २ जना महिला गरी कुल १९ जनाको उम्मेदवारी परेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?