महिला क्रिकेटमा पुलिस विजयी

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डिएलए मेथडअनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो ।

खेल रोकिनुअघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाउनुभएको थियो । दिव्या रानाले ३, करिश्मा राईले १ रन जोड्दा कर्णालीका ५ जना शून्य रनमै आउट हुनुभयो । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान १ विकेट लिनुभयो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा ४ ओभर घटाइएको थियो ।

पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्दतमा २५ रन बनाउनुभयो । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्नुभयो । कविता र काजल दुवैले समान १६ रन बनाउनुभएको थियो । रेवती धामीले १४ रन बनाउनुभयो । कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षेत्रीले समान १ विकेट लिनुभयो । खेलमा पुलिसकी सम्झना खड्का प्लेयर अफ द म्याच हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?