पोखरा । नेपाली सेनाको पुरुष तथा महिला दुवै टिमलाई सफलता हात लागेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भएको हृयाण्डबल प्रतियोगिताको पहिलो दिन सेनाको पुरुष टिमले बागमती प्रदेशलाई ४३-८ को ठूलो अन्तरले पराजित गरेको हो । सेनाको जितमा आकाश अधिकारीको ८ गोल रहृयो । यस्तै, सेनाले महिलातर्फ पनि जित निकाल्न सफल भयो । शान्तिकला राईको १४ गोलको सहयोगले सेनाले मधेश प्रदेशलाई ४६-२ ले पराजित गरेको हो ।
पोखरा बहुउद्देश्यीय कभर्डहलमा भएको प्रतियोगिताका अन्य खेलमा पुरुषतर्फ गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलले पनि जित निकाले । गण्डकीले चन्द्र केसीको १० गोल मद्दतले मधेश प्रदेशलाई ६६-१३ र सशस्त्र प्रहरीले सन्दिप कार्कीको ९ गोल मद्दतले लुम्बिनी प्रदेशलाई ३६-१३ गोलले पराजित गरेको हो ।
लुम्बिनीका शरण थापाले ९ गोल गरे तापनि आफ्नो टिमलाई जितको स्वाद दिलाउन सक्नुभएन ।
महिलातर्फ प्रदेश नं. १ ले कर्णाली प्रदेशलाई २६-२ गोलले पराजित गर्यो । प्रदेश १ की उसल राईले ९ गोल गर्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका