नयनतारासँग चलचित्र लिएर आउँदै धोनी

Read Time = 2 mins

मुम्बई । क्रिकेटको क्षेत्रमा धुम मच्चाउनुभएका महेन्द्र सिंह धोनी अब चलचित्र क्षेत्रमा पनि धुम मच्चाउने तयारीका साथ आउन लाग्नुभएको छ । भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले सन् २०१९ मा आफ्नो फिल्म प्रोडक्शन कम्पनी सुरु गर्नुभएको थियो । अब यो कम्पनीलाई अगाडि लैजानका लागि नयनतारा उहाँसँग जोडिनुभएको छ । तर, यो खबरलाई धोनीको कम्पनीले आधिकारिक पुष्टि भने गरेको छैन ।

यसैबीच धोनीको चलचित्र निर्माण कम्पनी ‘धोनी एन्टरटेन्मेन्ट’ले विभिन्न भारतीय भाषाका चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । धोनी एन्टरटेन्मेन्टले तमिल, तेलुगु तथा मलायालम भाषाका चलचित्र निमार्ण गर्ने स्पोर्टस टाइगरले जनाएको छ । धोनी र उहाँकी श्रीमती साक्षी दुवै धोनी एन्टरटेन्मेन्टको मालिकका रूपमा रहनुभएको छ ।

उक्त कम्पनीले यसअघि ‘रोअर अफ द लायन’, ‘ब्रेज टू ग्लोरी’ तथा ‘द हिडेन हिन्दू’जस्ता साना चलचित्रमा काम गरेको थियो । स्वयं धोनीको जीवनमा पनि एउटा चलचित्र निर्माण भएको थियोे । सुशान्त सिंह राजपुतको मुख्य भूमिका रहेको ‘एमएस धोनी : अनटोल्ड स्टोरी’ धोनीकै जीवनमा आधारित चलचित्र थियो ।

धोनीको कप्तानीमा भारतले एकदिवसीय तथा टी-ट्वान्टी विश्वकप तथा आईसीसी च्याम्पियन्स ट्रफी जितेको छ । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि उहाँ आइपिएलमा चेन्नई सुपर किंग्सका लागि खेल्दै आउनुभएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?