८० वर्षमा अमिताभ

Read Time = 2 mins

मुम्बई । बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो ८०औं जन्मदिन मनाउनुभएको छ । उहाँले मंगलबार आफ्नो ८०औं जन्मदिन मनाउनुभएको हो । उहाँको जन्म सन् १९४२, ११ अक्टुवरमा भएको थियो ।

‘सात हिन्दुस्तानी’ नामको चलचित्रबाट बलिउडमा डेब्यु गर्नुभएको उहाँले ८० वर्षको उमेरमा ‘ब्रहृमास्त्र’ र ‘गुडबाई’मा मुख्य भूमिका निभाएउनुभएको छ । आफ्नो जिन्दगीको ८०औं दशकमा पनि उहाँ उत्तिकै सक्रिय र स्वस्थ देखिनुहुन्छ । ११० वर्ष पुरानो भारतीय सिनेमा इतिहासमा ५० वर्ष अमिताभले योगदान गर्नुभएको छ ।

७० को दशकमा पर्दामा अचम्मको काम गर्नुभएका अमिताभलाई अझै पनि ब्याक टू ब्याक चलचित्रको अफर आइरहेको छ । ‘बिग बी’ ‘एन्ग्री यङ म्यान’ ‘शहेनशाह’ ‘डन’ ‘स्टार अफ द मिलेनियम’ बच्चनका यस्ता धेरै नाम छन् । शताब्दीका महानायक बच्चन लगातार ‘कौन बनेगा करोडपति’को होष्ट गर्दै आउनुभएको छ ।

आक्कलझुक्कल प्लेब्याक सिंगरको पनि छवि बनाउनुभएका अमिताभ राजनीतिमा कुनै समय सक्रिय हुनुहुन्थ्यो । सन् १९८४ मा उहाँ सांसद् हुनुभएको थियो । भलै, अहिले उहाँ राजनीति हुनुहुन्न, सिनेमामै सक्रिय हुनुहुन्छ । ३५ सय करोड भारु सम्पत्तिका मालिक अमिताभले अहिले पनि वार्षिक ६० करोड भारु कमाउने गरेको बताइन्छ । एजेन्सी ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?