सेयर बजारमा गिरावट जारी

Read Time = 3 mins

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ । सोमबार २७.१७ अंकले घटेको बजार मंगलबार १६.०६ अंकले बजार घटेर नेप्से १८५५.१६ अंकमा झरेको हो । नेप्से घटे पनि ५५ करोड २८ लाख नौ हजार नौ सय ८५ रुपैयाँ बराबरका १७ लाख ६८ हजार छ सय ९२ कित्ता सेयरको कारोबार भएको छ । सोमबार दुई सय ३३ कम्पनीका ३१ लाख ५५ हजार छ सय ९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार सात सय १४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ, जसको तीन करोड १० लाख नौ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ४३ लाख, हिमालयन पावर पार्टनर दुई करोड १९ लाख र रिडी हाइड्रोपावरको दुई करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

समीट र अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समीट लघुवित्तको सेयरमूल्य ८४.५० रुपैयाँले बढेर ९२९.५० रुपैयाँ पुगेको छ भने अभियान लघुवित्तको ५०.१० रुपैयाँ बढेर पाँच सय ५२ रुपैयाँ पुगेको छ । सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ८.५२ प्रतिशत, रुरु जलविद्युत् परियोजना ७.८४ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ४.०४ र गुराँस लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढेको छ । विन्ध्यवासिनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.१८ प्रतिशत घटेर ३४१.५० रुपैयाँमा झरेको छ भने सिंगटी हाइड्रोपावर ४.२६, नेरुडे लघुवित्त ३.८३, सपोर्ट लघुवित्त ३.७८ र एभरेष्ट बैंकको डिबेञ्चरको सेयरमूल्य ३.७८ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?