एनआरएनएको स्थापना दिवस

Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीले सहजरूपमा लगानी गर्न सक्ने र लगानीको प्रतिफल उपभोग गर्न सक्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ । गैैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै एनआरएनएले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका खेल्दै आएको बताउनुभयो । प्रधानमन्त्री देउवाले एनआरएनहरूको नेपाल आवागमनमा सहजीकरणदेखि लिएर लगानी र सम्पत्तिको संरक्षण गर्नेसम्मका काममा सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै नागरिकतासम्बन्धी सवाल पनि समाधान गरिने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा लगानी वातावरण छ । पुराना र जटिल कानुन परिवर्तन भएका छन् । बाँकी कानुन पनि परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपार्इंले अन्य देशमा पाउनेभन्दा राम्रो छ ।’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार कार्यक्रम समापन हुने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?