आश्वासन होइन, परिणामको खोजीमा मतदाता

डा. डीआर उपाध्याय
Read Time = 12 mins

अझै पनि नेपालको राजनीति त्यति सही ढंगले अघि बढ्न सकिरहेको छैन । राजनीतिको नाममा आ–आफ्नो जीविका चलाउन नेताहरू लागेको देखिन्छन् । नेताहरू बने तर देश बन्न सकेन । यो दुःखद् कुरा हो कि होइन । राजनीतिक दल र तिनका नेतामा इमानदारीता नभएपछि कसको के लाग्छ र ? जनताले विश्वास गरेर पठाएका तिनै जनप्रतिनिधिहरूले जनतामाथि घात गरिरहेका छन् । विश्वास गर्ने कुनै ठाउँ नै छैन । नेताहरू बेइमान भए । जसका कारण देशले फड्को मार्न नसकेको तितो यथार्थ हामीमाझ छ ।

यस परिदृश्यमा अब हामी सबैले गम्भीर भएर सोच्ने बेला आएको छ । अब पनि हामीले सोचेनौँ भने देशको उन्नति र प्रगति होइन अझ झन् झन् रसातलमा जाने निश्चित प्रायः देखिन्छ । सत्ता स्वार्थको राजनीतिले देश झन् पछाडि परिरहेको दिनको घामजस्तै छर्लंग नै छ । देशको वर्तमान अवस्थाबाट माथि उठाउन, देशलाई अगाडि बढाउन इमान्दार राजनेताको जरुरी छ ।
वर्तमान राजनीतिले आम जनमानसमा राजनीतिप्रति वितृष्णा व्यप्त छ । राजनीतिक दलका दिनदिनकका क्रियाकलपाले आमजनमानसमा आशाको कुनै त्यान्त्रो बाँकी छैन । दलका नेता र कार्यकर्तालाई राम्रै भएपनि आमसर्वसाधरणले अनुभव हुने गरी केही प्राप्त गर्न सकेका छैनन् । उनीहरूको दैनिकी थप कष्टकर नै रहेको छ । अभाव र महँगीबीच उनीहरूले दैनिकी चलाउन बाध्य छन् ।

जनताको बलमा यति ठूला-ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन् । राजनीति दल र तिनका नेताहरूले राजनीति नियुक्ति, चुनावका लागि टिकट आदि इत्यादिमा सबैभन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन् ।

अब जनतालाई कुनै बहानामा झुक्याउन सक्ने अवस्था छैन । जनता धेरै चेतनशील भएको अवस्था हो यो । अब राजनीतिलाई सही बाटोमा ल्याउने हो भने यथास्थितिवादी र परिवारवादमा रुमलिनेलाई बिदा गर्नुको विकल्प छैन । मतदाताले चनाखो भएर आफ्नो मतको सही सदुपयोग गर्ने बेला आएको छ । यथास्थितिवादी र परिवारवादलाई बिदा गरौँ, अग्रगामी सोच, नयाँ र युवा नेतालाई अघि सारौँ । यो अहिलेको समग्र जनताको माग र चाहना पनि हो ।

यस आमनिर्वाचनमार्फत हामीले उचित फैसला गर्नुपर्ने अवस्था छ । अब हामी चुप लागेर बस्यौँ भने फेरि अर्को पाँच वर्ष पछुताउनेबाहेक अर्को विकल्प हामीसँग रहने छैन । अब हामी आफैँ जाग्नुपर्छ । आमजनता नजागेसम्म मुलुकले निकास पाउँदैन । मुलुकलाई निकास दिन भए पनि जनता जाग्नुपर्छ । अब एक पटक जनता ब्यँुझन जरुरी छ । फोहोरी राजनीतिलाई सफा गर्न जनता आफैँ जाग्नुपर्ने बेला आयो । यो चुनावमार्फत राम्रा उम्मेदवारलाई जिताएर फोहोरी राजनीतिलाई सफा गर्नुपर्छ अब । राजनीति सफा भएन भने सबै क्षेत्र फोहोरो हुन्छ । त्यस कारण पनि सबैभन्दा पहिला राजनीति सफा गरौँ ।

राजनीतिको नाम जोडेर सम्पत्ति जोड्नेहरू पनि छन् । त्यस्ताबाट मुलुकले के आश गर्ने ? धेरैजसो राजनीतिक दल र तिनका नेताहरू व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबेका छन् । यसरी देश बनाउन सकिँदैन । नेताहरू सुध्रनुपर्छ । नेताहरू नसुध्रिए आफैँ सकिन्छन् । कसैले सक्नु पर्दैन । लामो समयदेखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसेपछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निःस्वार्थ रूपमा जनसेवा गरिन्छ तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा व्यापार भएको छ । नेताहरू राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन् ।

जनताको बलमा यति ठूला-ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन् । राजनीति दल र तिनका नेताहरूले राजनीति नियुक्ति, चुनावका लागि टिकट आदि इत्यादिमा सबैभन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन् । परिवर्तनका लागि लडेका, पार्टीको लागि योगदान दिएका ती नेता कार्यकर्ताहरू ओझेल परेको जस्तो देखिन्छ । जोसँग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समयदेखि यस्तो प्रवृत्ति देखिन्छ ।

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन । जसले गर्दा देश पछाडि परिरहेको छ । निकै लामो समयदेखि नै देशका जनताले दुःख पाइरहेका छन् । जनताहरू अभाव र महँगी झेलिरहेका छन् । राजनीतिलाई सेवा भनिन्छ तर जब कुनै राजनीतिकर्मी सार्वजनिक लाभको पदमा पुग्छ ऊ जनताको सेवाभन्दा कमाउनेतिर लाग्छ । त्यसो भएर पनि देश बिग्रिएको हो । जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थमा नेताहरू चुर्लुम्म डुबेपछि कसको के लाग्छ ? सबैभन्दा पहिला नेताहरू आफू बन्छन् त्यसपछि परिवारका सदस्यहरूलाई बनाउँछन् र त्यसपछि नातागोता, आफन्त र आसेपासे बनाउँछन् । यो धेरै पहिलेदेखिको रोग हो ।

आज संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि नातावादमा लागेका छन् । यसरी देश बनाउँन सकिँदैन । जनतामा असन्तुष्टि बढेर जान्छ । त्यसो भयो भने समस्या आउँछ । राजनीतिमा निष्ठा, इमानदारीता र सिद्धान्त चाहिन्छ । त्यो पनि हराउँदै गएको छ । आजको राजनीति यसरी बिग्रिएको छ, पैसाविना उम्मेदवार बन्न डर लाग्छ । राजनीतिमा बेइमानी, धोकाधडी, विचार र कुनै सिद्धान्त नभएकाहरूले जनता अल्मल्याइरहेका छन् । देशले दुःख पाएको यस्तै राजनीतिका कारण हो । लोकतान्त्रिक प्रणालीमा पनि नातावादको राजनीति हावी हुनुभनेको लाजमर्दो कुरा हो । राजनीतिमा नातावाद, परिवारवादको विरोध गर्नुपर्छ ।

लोकतन्त्रका लागि हजारौं नेपालीले प्राणको उत्सर्ग गरे । शहीद, घाइते, अपांगता र बेपत्ता पनि बने । के उनीहरूले प्राणको उत्सर्ग गरेको नेताहरू र उनका परिवार बनाउन हो ? उनीहरूले नेता र उनका परिवारमात्र बनाउनका लागि बलिदान र संघर्ष गरेका थिएनन् । देशको भाग्य र भविष्य बनाउनका लागि बलिदान र संघर्ष गरेका थिए । नेताहरूले यो कुरा बुझेको खोइ ?
नेताहरू अवसरको खोजीमा छन् । अवसरवादी राजनीतिले मुलुक पछाडि परिरहेको छ । निष्ठा, सिद्धान्तभन्दा पनि कसरी चुनाव जितिन्छ भन्ने सोचले नेपाली राजनीति ग्रस्त भएको छ । यस चुनावमा पनि त्यस्तै देखियो । सिद्धान्त र विचार फरक–फरक लिएर हिँडेका छौँ भन्नेहरू चुनाव जित्नकै लागि जोसँग पनि तालमेल र गठबन्धनमा रहेको देखियो । यिनीहरूमा अलिकति लाज सरम भन्ने देखिएन । नेताहरू आफ्नो स्वार्थका लागि कहिले यता कहिले उता गरिरहेका छन् । निष्ठाको राजनीति हराउँदै गयो ।

मुलुक बनाउने र दृढ इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिलेसम्म देशका लागि सोच्ने र देश बनाउने नेता देखापरेका छैनन् । यो नै हाम्रो देशका लागि दुर्भाग्य हो । सत्ता स्वार्थको राजनीतिले मुलुकको भविष्य बनाउँदैन ।

मुलुक बनाउने र दृढ इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिलेसम्म देशका लागि सोच्ने र देश बनाउने नेता देखापरेका छैनन् । यो नै हाम्रो देशका लागि दुर्भाग्य हो । सत्ता स्वार्थको राजनीतिले मुलुकको भविष्य बनाउँदैन । नेताहरू सत्ता स्वार्थमा लिप्त भएकै कारण देश बन्न नसकेको हो । सत्ता गठबन्धन एक्लाएक्लै चुनाव लड्न डराएर मिलेर चुनावमा जान लागेका छन् । यो पनि मिलीजुली खाने खेलो हो । आज पनि नेपाली कांग्रेसभित्र ठूलै विवाद देखिन्छ । केही दिनअघि शेखर कोइराला समूहले बेग्लै भेला बैठक गरेका थिए । एमालेमा पनि त्यही अवस्था छ । त्यहाँभित्र ठूलो विद्रोह देखिएको छ यो चुनावमा । सत्ता गठवन्धनका कारण मधेसवादी दल पनि विभाजित भएका छन् ।

नेताहरू मुलुकको विकासभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लागिरहेका छन् । सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले सकसले टिकट बाँडफाँट गरे । प्रमुख दल नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको चित्त बुझाउन देउवालाई हम्मे हम्मे परेकै हो । दलको विकल्पमा अहिले देशभर स्वतन्त्रबाट उठ्ने समूहप्रति युवा आकर्षण बढ्दो अवस्थामा छ । यसको प्रत्यक्ष असर एमाले, कांग्रेस र माओवादीलाई पर्ने देखिन्छ । अब पनि दलहरू व्यक्तिगत स्वार्थमा अल्झिरहने हो भने जनताले दलको विकल्प खोज्न सक्छन् । अब दलहरूले गम्भीर भएर सोच्ने बेला आएको छ । अब जनताले आश्वासन होइन, परिणाम खोजिरहेका छन् ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
harish
harish
2022-10-16 10:36 am

वर्तमान परिस्थितिको यथार्थपरक लेख

रिलेटेड न्युज

छुटाउनुभयो कि ?