जुम्ला बाढी पहिरो अपडेट : दश जनाको मृत्यु, एक जना बेपत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । एक साता यताको अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परि जुम्लामा १० जनाको मृत्यु भएको छ । एक जन अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।

विपद् व्यवस्थापन समितिको बैठकमा जानकारी दिँदै प्रजिअ केशरीले जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा आठजनाको मृत्यु भएको बताउनुभएको हो ।

प्रजिअ केशरीले भन्नुभयो, ‘गुठीचौर गाउँपालिका र हिमा गाउँपालिकामा गरि १० जनाको मृत्यु भएको छ । एक जन अझै बेपत्ता रहेका छन् । सदरमुकाम खलंगामा विद्त, संचार एक सातादेखि विहीन रहेको छ । जिल्लाभर ८५ भन्दा बढी घरपुर्णरुपमा क्षति भएको छ । दुई सय भन्दा बढी घर आँशिकरुपमा क्षति भएको छ ।’

अहिले सुरक्षा निकाय परिचालन गरि क्षतिपूर्तिको एकिन तथ्यांक संकलन गर्ने कामदेखि राहत र उद्दारमा सबै निकाय लागि परेको प्रजिअ केसरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल बर्षाको कारण कर्णाली राजमार्ग संचालन हुन सकेको छैन । राजमार्ग संचालनमा आउन अझै दुई साता लाग्ने उहाँले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

तीन सय घर परिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । घरवारविहीन परिवारलाई उचित राहत र वासको स्थापन गर्ने स्थानीय तहले विशेष भुमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

स्थानीय तहको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर जान जिल्ला विपद् व्यवस्थापन समितिलाई सुझाव दिएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले जानकारी दिनुभयो ।

सिजा गाउँपालिकाका अध्यक्ष पुर्णप्रसाद धितालका अनुसार पालिका भित्रका ९९ घर पुर्ण रुपमा क्षति भएको छ । नाग्म गमगडी सडक खण्ड पनि पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?