यी चर्चित अनुहार जसको उम्मेदवारी खारेजीमा पर्‍याे

Read Time = 5 mins

-दिपककुमार शर्मा
बर्दिया । मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका केही चिरपरिचित अनुहारको उम्मेदवारी खारेजी भएको छ ।

बर्दियाको क्षेत्र न २ मा प्रतिनिधि सभाका लागी नागरिक उन्मुक्ति पार्टिबाट उम्मेदवार सिफारिस हुँदै उम्मेदवारी दर्ता गराएका रेशमलाल चौधरीको उम्मेदवार खारेज भएको छ ।

२०७२ साल भदौमा कैलालीको टिकापुर घटनाका मुख्य योजनाकार रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेका कारण हाल डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी माथी एक नाबालक सहित ९ जना प्रहरीको हत्या गरेको आरोप लागेको छ । चौधरीको मुद्धा हाल सर्वोच्च अदालतमा रहेको छ । तल्लो तहका दुवै अदालतले सजाए सुनाएको अवस्थामा उम्मेदवार बन्न नपाउने भएका कारण उहाँको उम्मेदवारी खारेज गरिएको हो ।

बर्दिया क्षेत्र न २ बाट वारीस मार्फत उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको निर्वाचन अधिकृतको कार्यालय राजापुर बर्दियाका प्रमुख नगेन्द्र लम्सालले बताउनु भयो । अव सो क्षेबमा रेशमको वुवा जसले स्वतन्त्र उम्मेदवार दर्ता गराउनु भएको छ । पार्टिले उहाँलाई समर्थन गर्ने भएको छ ।

२०७२ सालमा भएको टिकापुर हत्या कान्ड पछि फरार रहेका रेशम चौधरीले २०७४ सालमा भुमिगत अवस्थाकै बेला निर्वाचन जित्नुभएको थियो । निर्वाचन जिते पछि आत्मसमर्पण गरेका उहाँलाई अदालतले पुर्वक्षका लागी थुनामा पठाएको थियो ।

यसै गरी सोहि घटनामा सलग्न भएका कैलालीकै लक्ष्मण थारुको उम्मेदवारी पनि खारेज गरिएको छ । थारु कैलालीको प्रतिनिधि सभा क्षेत्र न ५ बाट नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी वारीस मार्फत दिएका थिए । थरुहट आन्दोलका क्रममा कैलालीको टिकापुर २०७२ सालमा भएको हिंसात्मक आन्दोलनको दोषि ठहर गरी उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाए सुनाएको थियो । त्यसयता थारु फरार छन् । यस्तै अर्को चर्चित अनुहार हो रुपन्देही २ बाट सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकिकृत समाजवादीका नेता राजु गुरुङ्ग, उहाँको पनि उम्मेदवारी खारेज भएको छ । उहाँलाई चेक अनादरसम्बन्धि मुद्धामा काठमान्डौ जिल्ला अदालतले जरिवाना गर्ने फैसला गरेको थियो ।

गुरुङ्गले उक्त जरिवाना भुक्तान नगरेको विषयमा निर्वाचनको अधिकृतको कार्यालयमा उजुरी परेको थियो । त्यसैका आधारमा उहाँको उम्मेदवारी खारेजीमा परेको हो । सोही निर्वाचन क्षेत्रमा कमल भुसाल डा निकोलेसको पनि उम्मेदवारी खारेजीमा परेको छ । उहाँले हाम्रो नेपाली पार्टिबाट उम्मेदवारी दिनुभएको थियो । उनीमाथि नेपाल सरकारको छात्रबृद्धि कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेको र सरकारबाट आर्थिक लाभ लिइरहेको उजुरीका आधारमा उम्मेदवारी खारेजीमा परेको हो । सो क्षेत्रमा गठबन्धनको तर्फ बाट उम्मेदवार बनेकाको र अर्का नाम चलेकाको उम्मेदवारी खारेज भएपछि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडललाई निर्वाचन जित्न सहज हुने बताइएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?