बारामा एकै परिवारका तीन जना मृत फेला

हिमालय टाइम्स
Read Time = 1 min

-संजीव कुमार मिश्रा

बारा । बारा प्रहरीले बुधवार तीन जना मृत अवस्थामा फेला पारेको छ ।

बाराको प्रसौनी गाउँपालिका ५ प्रष्टोका गाउँ भन्दा २ किलोमीटर मीटर उत्तर रहेको ढोरा खोलाको किनारमा तीन जनाको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।

प्रसौनी गाउँपालिका ५ का दिपेन्द्र चौधरीको श्रीमती २५ वर्षीया सुजाता चौधरी, उहाँको ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिने छोरा राजविर चौधरी मृत अवस्थामा फेला परेको प्रनाउ थापाले जानकारी दिनुभयो ।

उनीहरुको मृत्यू कसरी भयो अहिलेसम्म खुल्न नसकेको उहाँले बताउनुभयो । हामी अनुसन्धान गर्दै छौ यसको बारेमा चाँडै पत्ता लाग्ने उहाँले जानकारी दिनुभयो ।

दिपेन्द्र चौधरी बुधवार विहान दुर्घटनामा परी न्यूरो अस्पतालमा भर्ना रहेको प्रनाउ थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?