-संजीवकुमार मिश्रा
बारा । बारामा एक जना अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ परेका छन् ।
पचरौता नगरपालिका ९ तियर खोलाको पुल नजिकैबाट पचरौता नगरपालिका ८ बाजोपट्टी टोलका जादोलाल राय यावदको छोरा २९ वर्षीय अमर राय यादवलाई कटुवा पेस्तोल सहित मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले बताउनुभयो ।
विशेष सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी टोलीले प्लाष्टीकको बोराको झोला भित्र लुकाई छिपाई राखेको घरेलु कटुवा पेस्तोल, एके–४७ सीसीसीपी कम्पनीको चक्कु समेत यादवको साथबाट फेला परेको उहाँलेब बताउनुभयो ।
यादवलाई पक्राउ गरि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा अपराधिक गतिविधि न्यूनीकरण गर्दै आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्य अनुरुप सिमावर्ती भारतीय जिल्लाहरुबाट अवैध सानो हातहतियार नेपाल भित्रिन नदिन सिमावर्ती इलाकामा अहिले प्रहरी परिचालन गरिएको प्रनाउ थापाले बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका