सप्तरीमा १८ जना महिला उम्मेदवार

हिमालय टाइम्स
Read Time = 4 mins

-अनिल पोखरेल

राजविराज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ सप्तरीमा १८ जना महिला उम्मेदवार बनेका छन् ।

सप्तरी निर्वाचन कार्यालयमा कुल १८१ जनाको उम्मेदवार बनेकोमा १८ जना महिलाको मात्रै मनोनयन पत्र दर्ता भएका छन । प्रतिनिधीसभामा ५ जना महिलाले उम्मेदवारी दिँदा प्रदेश सभामा १३ जना महिलाको उम्मेदवारी परेको छ ।

प्रतिनिधीसभामा क्षेत्र नम्बर १ बाट टिकालक्ष्मी चौधरीले उम्मेदवारी दिनुभएको छ। उहाँले नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

प्रतिनिधी सभा सदस्य पदका लागि क्षेत्र नम्बर २ बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । नेपाल संघीय समाजवादी पार्टीबाट प्रमिला देवी मण्डल, पिछडावर्ग निषद दलित जनजाती पार्टीबाट सुमित्रा मण्डल र नेपाली जनता दलबाट चन्द्रकुमारी देवले उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नम्बर ४ बाट माधुरीकुमारी साहको प्रतिनिधी सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रदेश सभातर्फ १ को (क) बाट शशीकला कुमारी चौधरी र १ को (ख) सुनिता कुमारी मलाहले उम्मेदवारी दिनुभएको छ । चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट र मलाहले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर २ को (क) बाट तीन जना महिलाको उम्मेदवारी परेको छ । चन्द्रकला सिंह र पुनिता कुमारी ठाकुरले स्वतन्त्र उम्मेदवारी दिँदा बिणा देवी यादवले नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दिनुभएको छ ।

सो निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट पनि तीन जना महिलाको उम्मेदवारी परेको छ । प्रतिमाकुमारी देवले नेपाली कांग्रेस (विपी) बाट उम्मेदवारी दिँदा सकुन्तला देवी यादव र रिंकु देवी यादवले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नम्बर ३ को (क) बाट गिरिजा कुमारी चौधरीले नेपाल कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नम्बर ३ को (ख) बाट ऐलिना आचार्यले राप्रपाबाट र डोमनी देवी रामले राप्रपा नेपालबाट उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नम्बर ४ को (क) बाट चिन्तादेवी सिंहले स्वतन्त्र उम्मेदवारी दिँदा क्षेत्र नम्बर ४ को (ख) बाट ललिता देवी लताले स्वतन्त्र रुपमै उम्मेदवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?