पेरिस । पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु मैदानमा अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको हो ।
पिएसजीका लागि केलियन एम्बाप्पे र बेन्फिकाका लागि जोआओ मारियाले बराबरी गोल फर्काउनुभयो । पार्क डेस प्रिन्सेसमा भएको खेलको ४०औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले सुरुवाती अग्रता लिएको थियो । एन्टोनियो सिल्भाले पेनाल्टी बक्समा जुआन बर्नाटमाथि फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पेले गोल गर्नुभएको थियो ।
त्यसपछि ६२औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमै गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । मार्काे भेराट्टीले पेनाल्टी बक्समा राफा सिल्भालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मारियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
बेन्फिकासँग पिएसजीको यो दोस्रो बराबरी हो । यसअघि पनि पिएसजीले बेन्फिकासँग १-१ गोलको बराबरी खेलेको थियो । यो बराबरीसँगै समूह ‘एच’ मा पिएसजी र बेन्फिकाको समान आठ अंक भए पनि बढी गोलका आधारमा पिएसजी शीर्ष तथा बेन्फिका दोस्रो स्थानमा छ । युभेन्ट्स र मकावी हाइफाको समान तीन अंक रहे पनि युभेन्ट्स गोलअन्तरमा तेस्रो तथा मकावी पुछारमा छ ।
यस्तै, इंग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई २-० गोलअन्तरले पराजित गरेको छ । चेल्सीको जितमा जर्गिन्हो र पिएरे इमरिक औवामियाङले गोल गर्नुभयो । मिलानोमा मंगलबार राती भएको खेलमा घरेलु टोली १८औं मिनेटमा १० खेलाडीमा समेटिन पुग्यो । पेनाल्टी बक्समा मासन माउन्टमाथि फउल गरेपछि रेफ्रीले फिकायो तोमोरीलाई सिधै रातो कार्ड देखाउँदै चेल्सीलाई पेनाल्टी प्रदान गर्नुभयो । त्यही पेनाल्टीमा जर्गिन्होले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाउनुभयो ।
३४औं मिनेटमा औवामियाङले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभयो । उहाँले मासन माउन्टको पासमा गोल गर्न सफल हुनुभएको थियो । यस जितसँगै समूह ‘ई’ मा चेल्सी चार खेलबाट सात अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा चार अंक जोडेर तेस्रोमा रहेको छ ।
यही समूहको अर्काे खेलमा डिनामो जाग्रेब र रेडबुल साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । साल्जवर्ग ६ अंक जोडेर दोस्रो स्थानमा तथा डिनामो जाग्रेब चार अंक जोडेर पुछारमा छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका