इराकमा आज राष्ट्रपतिको निर्वाचन हुँदै

Read Time = 1 min

बगदाद । इराकका राष्ट्रपतिको निर्वाचन आज (बिहीबार) हुने भएको छ । इराकी संसद्ले आज राष्ट्रपतिकोे निर्वाचन गर्ने भएको हो । इराकी सभामुखले सो कुरा इराकको संसद्लाई मंगलबार जानकारी दिनुभएको थियोे । इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले संसद्को मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभएको थियो ।

सन् २००३ मा इराकमा भएको शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुुसार यहाँ राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ । त्यसैगरी प्रधानमन्त्री यहाँका सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ । सोहीअनुसार यहाँका पदहरू बाँडफाँट हुँदै आएका छन् ।

इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण यहाँका सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूरुका बीचको आन्तरिक विवाद रही आएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?