स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै

Read Time = 3 mins

काठमाडौं । कात्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर ब्यांकेटमा आयोजना हुने फेस्टमा सयभन्दा बढी स्टार्टअप तथा इन्नोभेसनको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजक संस्था लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा फेस्ट आयोजना गर्दै काठमाडौंबाहिरबाट ४० बढी स्टार्टअप तथा आइडिया छनोट गरिसकेको छ ।

काठमाडौंमा हुने स्टार्टअप फेस्ट यस वर्षको आठौं कार्यक्रम हो, जसमा काठमाडौंबाहिरका ४० बढी स्टार्टअप र आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट १२ सहित ५० बढी स्टार्टअप, प्रोडक्ट र इन्नोभेसनले सहभागिता जनाउने बताइएको छ । फेस्टमा विभिन्न संस्थाहरूले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणसमेत प्रदर्शनमा रहने आयोजकले जनाएको छ । काठमाडौंबाहिरबाट सहभागी हुने ४० बढी स्टार्टअप र आइडियाका संस्थापकलाई किङ्स कलेजले तीन दिनको बुटक्याम्प सञ्चालन गर्नेछ भने विभिन्न आइटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसन पनि सञ्चालन हुनेछन् ।

फेस्टमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रोडक्ट र राइजिङ स्टार इन्नोभेसनहरूले पनि सहभागिता जनाउनेछन् । उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बिआइसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन् । उत्कृष्ट १२ प्रोडक्टमा बिडिएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सिआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वक्र्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन् ।

विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सियलाइजेसन अफ अटोनोमस इगल आई अन म्याण्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारंग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?